कसरी-एक नजर (How-To at a glance)
October 14, 2022 · View on GitHub
Free-Programming-Books मा स्वागत छ!
हामी नयाँ योगदानकर्ताहरूलाई स्वागत गर्दछौं; GitHub मा आफ्नो पहिलो पुल अनुरोध (PR) गर्नेहरू पनि। यदि तपाईं ती मध्ये एक हुनुहुन्छ भने, यहाँ केही स्रोतहरू छन् जसले मद्दत गर्न सक्छ:
- पुल अनुरोध बारे (in english)
- पुल अनुरोध सिर्जना गर्ने (in english)
- GitHub हेल्लो वोर्ल्ड (in english)
- YouTube - शुरुआतीहरूको लागि GitHub ट्यूटोरियल (in english)
- YouTube - GitHub रेपो कसरी फोर्क गर्ने र पुल अनुरोध पेश गर्ने (in english)
- YouTube - मार्कडाउन क्र्यास कोर्स (in english)
प्रश्नहरू सोध्न नहिचकिचाउनुहोस्; प्रत्येक योगदानकर्ताले पहिलो PR बाटै सुरु गरेका थिए । त्यसोभए... किन हाम्रो ठूलो, बढ्दो समुदायमा सामेल नहुनेत।
यदि तपाईं एक अनुभवी ओपेन सौर्स योगदानकर्तानै हुनुहुन्छ भने पनि, त्यहाँ केहि चीजहरू छन् जस्ले तपाइँलाई अड्चन पुराउन सक्छन। एकपटक तपाईंले आफ्नो PR पेश गरिसकेपछि, GitHub Actions ले linter चलाउनेछ, प्रायः स्पेसिङ वा वर्णमालामा साना समस्याहरू फेला पार्छ। यदि तपाईंले हरियो बटन पाउनुभयो भने, सबै समीक्षाको लागि तयार छ; तर यदि होइन भने, चेक अन्तर्गत "विवरण" मा क्लिक गरी लिन्टरलाई के मनपरेन पत्ता लगाउनुहोस, समस्या समाधान गर्नुहोस् र तपाईको PR खोलिएको शाखामा नयाँ प्रतिबद्धता (commit) थप्नुहोस।
अन्तमा, यदि तपाइँ निश्चित हुनुहुन्न कि तपाइँले थप्न चाहनु भएको स्रोत Free-Programming-Books को लागि उपयुक्त छ, CONTRIBUTING मा दिशानिर्देशहरू पढ्नुहोस् (translations उपलब्ध छन्)।
वेबसाइटको लिंक